नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
दोल्खा बिगु गाउँ पालिका ८ स्थानीय सरकार समक्ष युगान्तकारी थाङ्मीचागु युवा मंचको ज्ञापनपत्र
स्थानीय सरकार समक्ष युगान्तकारी थाङ्मीचागु युवा मंचको ज्ञापनपत्र

१) खोपाचागु वडा कार्यालय तनमन डाँडामा निर्माण हुनुपर्छ ।
२)शिक्षामा सुधार गरी श्री कालिन्चोक माध्यमिक विद्यालय केही वर्षभित्रै +2 सन्चालन गरी थाङ्मी खामबाट पनि पढाई शुरु गर्नु पर्यो ।
१) हिमालय माबीमा प्राबिधिक शिक्षाको लागि आधार तयार गर्नु पर्यो ।।
३) स्वास्थ्य ईकाइ सुधार गरी प्रसुतीगृह सन्चालन गर्नुपर्यो ।
१) खोपाचागु स्वास्थ चौकीको स्तर उन्नति गरि थप गुणस्तर वृद्धि गर्नुपर्यो ।।
४) नियमित रूपमा बस सन्चालन थाङ्मीचागुमा हुनुपर्यो ।
५) थाङ्मीचागुको अहिन्दु मुलबासी मङ्गोल समुदाय आर्थिक रूपमा कमजोरी चेतनाको कमी, अशिक्षित भएको कारण ,२१औं शताब्दीको जस्तो मान्छे चेतनशील हुन जरुरी भएकोले जनचेतनामूलक नीति तथा कार्यक्रम ल्याउनु पर्यो ।
६) खानेपानिकाे समस्या तुर!हल गरी दिगो विकास खानेपानी योजना ल्याउनु पर्यो ।
७) गाउँ, टोलभरि नै गोरेटो बाटो, पक्की पूल र बाटोहरु निर्माण गर्नुपर्यो ।
१)थाङ्मीचागुदेखि भेड्खेड्केसम्म गोरेटो बाटो मर्मत र

कापाराङ्गदेखि बुकुनडाँडा र थाङ्मीटारसम्म बाटो मर्मत हुनुपर्यो ।
२) प्रतेक टोल थाङ्मीचागु,खोपा,हेल्थ पोस्ट यरियहरुमा बाल मैत्री उधान जेष्ठ नागरिक पार्क निर्माण गर्नुपर्यो ।।।
८) निको युगान्तकारी साँस्कृतिक परिवार-थाङ्मीचागुको लागि एउटा सामुदायिक भवन निर्माण हुनुपर्यो ।
१) तिनै वटै टोल थाङ्मीचागु ,खोपा, हेल्थ पोस्ट यरियामा खेलकुद पुर्वाधार खडा गर्नु पर्यो ।।
९) ज्ञान, सीप र क्षमता अनुसारको गाउँमै राेजगार दिलाउनु पर्यो ।
१०) कृषिमा आधुनिकीकरण गर्न सरकारबाट बजेट भित्र्याउनु पर्यो ।
१) बोकल्थली भेडखेड्के सेभाङ्गखारे याङरुङ क्षेत्रमा आलु पकेट क्षेत्र निर्माण गर्ने तथा चिस्यान केन्द्र निर्माण गर्नुपर्यो ।।
११) मैरे खोलामा तुरुन्तै झोलुङ्गे पूल निर्माण गर्नु परर्यो ।
१२) ठातिपाेलेदेखि अाेचाेइसम्म जाेर नाला ब्यबस्थापन गर्नु पर्यो ।
१३) ठातीपोले गार्डेनलाई आधुनिक फन तथा डेटिङ्ग पार्क बनाउने योजना नेपाल सरकारबाट पर्यटन प्रवर्द्धन र विकास गर्नु पर्यो ।
१४) चाङ्गपोलेमा मलामी बस्ने घर साथै लासलाई जलाउने आधुनिक ओदानको निर्माण गर्नु पर्यो ।
१५) सोही चाङ्गपोलेलाई पनि पर्यटन फनपार्क साथै फोटो सेसनको आधुनिक गार्डेनको निर्माण गर्नु पर्यो ।
१६) सोही चाङ्गपोलेको चर्चको तल्लो डाँडामा थाङ्मी समुदायको पहिचान झल्किने आधुनिक टाकेको स्ट्याचु (प्रतिमा) निर्माण गर्नु पर्यो ।
१७) रिदक खानेपानी इत्यादि विकासका याेजनाहरु हुन पर्यो ।
१८) क्याङ्पोलदेखि थाङ्मीचागुसम्म जिपलाइन राष्ट्रिय गौरवको आयोजनामा निर्माण गर्नु पर्यो ।
१९) सर्पाको वासवारामा बन्जीजम्प राष्ट्रिय गौरव आयोजना निमार्ण गर्न पहल गर्नु पर्यो ।
२९) जोरबासलाई पर्यटन छेत्र भ्यूटावर निर्माण गर्नु पर्यो ।

२१) तुन्बोन आमुवाराको सिरबाट प्याराग्लाईडिङ सन्चालन गरि पर्यटन क्षेत्र घोषणा गर्नु पर्यो ।
२२) थाङ्मी समुदायको सभ्यताको रक्षा गर्दै आधुनिक तरिकाबाट भुम्या थान निर्माण गर्नु पर्यो ।
१) अहिन्दु मुलबसी मङ्गोल समुदायको आस्थाको धरोहर टसि ल्हाङ गुम्बालाइ संरक्षक गरि पर्यटकीय क्षेत्रको रुपमा स्थापित हुनु पर्यो ।।
२३) कपाराङ्गबासीको लागि शाखा रोड विस्तार गर्नु पर्यो ।
सडक संजालले तीन वटै भूगोल लाई समेट्न पर्नेछ ।।
२४) राष्ट्रिय गौरवको आयोजनाको लागी विशेष पहल गर्नु पर्यो । क्याङ्पोलदेखि थाङ्मीचागुसम्म जिपलाइन, र सर्पाको वासवारामा बन्जीजम्प , तुन्बोनको आमुवारादेखि प्याराग्लाईडिङ र जोरबास डाँडामा भ्यूटावर, विभिन्न फन पार्क र सर्पाको दल्सीढुङ्गा, भुम्या माइथान र उकुराङ्गको भुम्याथान, हात्तीढुङ्गा, भुम्याथान सबैको मर्मत संभार गरी दोलखा जिल्लाको उत्तरी भेगलाई पर्यटन क्षेत्र घोषणा गरी पर्यटन बोर्डको विकास गर्नु पर्यो ।
धन्यवाद ।।।
निको युगान्तकारी थाङ्मीचागु युवा मंच
( फाउन्डर प्रेसिडेन्ट) :- सन्तोष ठान्टी थाङ्मी





