बिभिन्न मुद्दाका फरार अभियुक्त पक्राऊ । ।।

0Shares

बिभिन्न मुद्दाका फरार अभियुक्त पक्राऊ । ।।

बिनोद मण्डल फाल्गुन २ मधेश प्रदेश । धनुषा प्रहरीले विभिन्न अपराधका मुद्दा लागेका दर्जन बढी अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ ।

फाल्गुन ०२ गते अं. १०;०० बजेको समयमा ईलाका प्रहरी कार्यालय औरही धनुषाबाट प्र.ब.ना.नि. को कमाण्डमा खटि गएको प्रहरी टोलीले धनुषाको औरही गा.पा.-२ स्थितबाट कुटपिट मुद्दाका फरार प्रतिवादी ११ जना अभियुक्तलाई पक्राऊ गरेकाे छ ।

ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरी टोलीले धनुषा मिथिला न.पा. २ स्थितबाट सवारी ज्यान र विविध मुद्दाका १/१ जना फरार प्रतिवादी गरी जम्मा १३ जना फरार प्रतिवादीलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागि जिल्ला अदालत धनुषामा उपस्थिति गराईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *