मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Thursday, July 9, 2026
जनचेतनामुलक कार्यक्रम सम्पन्न ।। ।
जनचेतनामुलक कार्यक्रम सम्पन्न ।। ।
बिनोद मण्डल फाल्गुन २ सरे । सामाजिक मर्यादालाई खलबलाउने लागु औषध नियन्त्रण सम्बन्धि जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सिराहाको कल्याणपुर नगरपालिका वडा नं ८ स्थित वडा कार्यालयको सभाहलमा ईलाका प्रहरी कार्यालय कल्याणपुरको आयोजनामा उक्त वडाको वडा अध्यक्ष राम किशोर यादवको अध्यक्षतामा लागू औषध नियन्त्रण सम्बन्धि जनचेतना जगाउने कार्यक्रम सम्पन्न गरिएको छ ।
ईलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी नायव निरीक्षक बैधनाथ यादव तथा प्रहरी जनशक्तीहरु, स्थानिय भद्रभलादमीहरु, समाजसेवी तथा बुद्धिजिबीहरु समेतको उपस्थितिमा “लागुऔषध दुर्व्यसन तथा अवैध ओसार पसार बिरुद्धको सचेतनामुलक कार्यक्रम” गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।





