थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Monday, June 15, 2026
पोखरा लेकसाइडको सेलवेज टावरमा आगलागी

पोखरा स्थित लेकसाइडको सेलवेज टावरमा आगलागी भएको छ । लेकसाइड हल्लनचोकमा रहेको सेलवेज टावरका अन्डरग्राउण्डमा विद्युत सर्ट भइ आगलागी हुँदा त्यहाँ भएका पसल तथा रेष्टुरेन्टमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका हरि पौडेलका अनुसार करिब आधा घण्टा अगाडिदेखि आगलागी भएको हो ।
आगलागी नियन्त्रणमा लिइरहेका दमकल चालक रामजी केसीका अनुसार आगलागी नियन्त्रण नजिक छ । ‘आधा घन्टा भयो । अब आगलागी नियन्त्रण लिँदैछौं ।’ स्रोतका अनुसार बिजुली सर्ट भएपछि आगलागी भएको हो । उक्त भवनमा हिमालयन जाभा, नबिल बैंकको शाखा लगायत पनि रहेका छन्।




