नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
चर्चित नगर पालुङटारमा जसपा-एमाले मिल्दा पनि दुबै पदमा माओवादीको सानदार जित

चर्चित नगर पालुङटारमा जसपा-एमाले मिल्दा पनि दुबै पदमा माओवादीको सानदार जित
चर्चित नगर पालुङटारमा जसपा-एमाले मिल्दा पनि दुबै पदमा माओवादीको सानदार जित
प्रकाशित मिति । ०५ जेठ? २०७९ ।
काठमाडौ । नेकपा माओवादी केन्द्रले गोरखाको पालुङटार नगरपालिकाको मेयर र उपमेयर जितेको छ। मेयरमा माओवादी उम्मेदवार विवस चिन्तन निर्वाचित भए। उनले ६०७२ मत ल्याएका छन्।
यहाँ जनता समाजवादी पार्टीका मेयर उम्मेदवार प्रेमबहादुर गुरूङ पराजित भए। उनले ५७१७ मत ल्याएका छन्। नेपाली कांग्रेसका मेयर उम्मेदवार दीपकबाबु कँडेलले जम्मा ४९९७ मत मात्रै ल्याएका छन्। उनी निवर्तमान मेयर हुन्।
उपमेयर पनि माओवादीले जितेको छ। माओवादी उम्मेदवार बन्दना पाण्डेले उपमेयर जितेकी छन्। उनले ५५७९ मतसहित उपमेयर जितेकी हुन्।
यहाँ उपमेयरमा कांग्रेस उम्मेदवार चेतकुमारी श्रेष्ठ पराजित भइन्। उनले ५०७७ मत ल्याएकी छन्। जसपा-एमाले गठबन्धनबाट उपमेयर उम्मेदवार एमालेकी पार्वती पाठकले जम्मा ४२८१ मतमात्रै ल्याएकी छन्।
पालुङटार जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको गृहनगर हो। यहाँ सुरूमा जसपाले कांग्रेससँग गठबन्धन गर्न लागेको थियो तर सफल नभएपछि एमालेसँग गठबन्धन गरेको थियो।
माओवादीबाट मेयर जितेका चिन्तन ०७४ मा पनि मेयर उठेका थिए। त्यसबेला उनी कांग्रेसका कँडेलसँग पराजित भएका थिए। अहिले उनै कँडेललाई पनि पछि पार्दै चिन्तन मेयर निर्वाचित भएका छन्।
गठबन्धन गर्न नमानेको कांग्रेसले एमालेलाई बुझायो चौदण्डीगढी नगरपालिका
पहिले एमालेले यहाँ एउटा मात्र वडा जितेको थियो
उदयपुरको चौदण्डीगढी नगरपालिकाको मेयरमा नेकपा एमालेका कालुमान लामा निर्वाचित भएका छन्। लामा ८८६३ मतसहित विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र राईले ८०१२ मत ल्याएका छन्। राई यसअघिको निर्वाचनमा मेयरमा निर्वाचित भएका थिए। उपमेयरमा पनि एमालेकै मणिकादेवी दुलाल विजयी भएकी छन्। उनले कांग्रेसकी रिताकुमारी चौधरीलाई पछि पारेकी हुन्।
चौदण्डीगढीमा गठबन्धनबाट माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबीच तालमेल गरेको थियो भने कांग्रेस एक्लै लडेको थियो।
निर्वाचनअघि यहाँ गठबन्धनका दलहरूबीच तालमेल गर्न पटकपटक छलफल भएको थियो। अन्तिममा कांग्रेसले आफू एक्लै लडेर जाने निर्णय गरेको थियो।
माओवादी केन्द्र उदयपुरका अध्यक्ष विनोद कटुवालले गठबन्धनका अन्य दलबीच तालमेल गर्ने कुरा रहेको उल्लेख गर्दै अन्तिममा कांग्रेसले नमानेको सेतोपाटीलाई जानकारी दिए।
‘उपमेयरको त कुरै भएन, उहाँहरू वडामा पनि गठबन्धन तयार गर्न मान्नुभएन। यो त्यसैको परिणाम हो,’ उनले भने।
चौदण्डीगढीमा माओवादीले सुरूमा उपमेयर आफूले पाउनुपर्ने अडान राखेको थियो। तर कांग्रेस उपमेयर माओवादीलाई बुझाउन तयार भएन। पछि उपमेयर पनि छाडेर माओवादीले अघिल्लो पटक आफूले जितेको तीन वटा वडा माग्यो। तर त्यसमा पनि कांग्रेस मानेन।
कटुवाल भन्छन्, ‘सुरूमा उपमेयरमा हाम्रो दाबी थियो तर पछि त्यो पनि छाडेका थियौं। अन्तिममा हामीले अघिल्लोपटक जितेको तीन वटा वडा दिनुस्, हामी गठबन्धन गरेर जान्छौं भन्दा पनि उहाँहरू तयार हुनु भएन।’
तर यसपालि कांग्रेसले मेयर र उपमयेर मात्र गुमाएन, अघिल्लोचोटि आफूले जितेका चार वटा वडा पनि गुमायो। कांग्रेसले अघिल्लो पटक जितेको १, ४, ७ र ८ नम्बर वडा यसपालि एमालेले खोसेको छ। जबकि एमालेले अघिल्लोचोटि एउटा मात्र वडा जितेको थियो।
यसपालि एमालेले दसमध्ये ८ वटा वडामा जित निकाल्दै शानदार पुनरागमन गरेको हो।
एमालेको उदयपुरका अध्यक्ष प्रमेश्वर घिमिरेले पनि गठबन्धनका दलबीच तालमेल नगरी जाने निर्णय भएकाले त्यसको फाइदा एमालेलाई भएको जनाए।
माओवादीका अर्का एक जिल्ला नेताले कांग्रेसले गठबन्धन गर्न नमान्दा चौदण्डीगढीमा एमालेले दबदबा कायम गरेको बताएका छन्। उनले पटकपटक आग्रह गर्दा पनि कांग्रेस एक्लै लड्ने कुराबाट पछि नहटेको जनाए।
‘मैले नै कांग्रेसका मेयर उम्मेदवारलाई फोन गरेर गठबन्धन नै गरेर जाऊँ भनेँ। तर उहाँले साथीहरूले मान्नुभएन, अन्यथा नसम्झिदिनुहोस् है भनेर फोन राख्नुभयो। उहाँको अहंकारको त सीमा नै रहेनछ नि,’ ती नेताले भने।
कांग्रेससँग कुरा नमिलेपछि चौदण्डगढीमा एकीकृत समाजवादी, माओवादी केन्द्र र जनता समाजवादीबीच चुनावी तालमेल भएको थियो। एकीकृत समाजवादीबाट नरेन्द्र राउत मेयर र उपमयेरमा माओवादीबाट हिरा थापा तिमल्सिना उठेकी थिइन्। तर दुबै जना एमालेका उम्मेदवारसँग पराजित भएका छन्।
उदयपुरको कांग्रेस सभापति हिमाल कार्कीले पनि गठबन्धन नगरेर नजाँदा गलत निर्णय भएको बताएका छन्।
कार्कीले सेतोपाटीसँग भने, ‘त्रियुगा र चौदण्डीको हकमा कांग्रेस एक्लै लड्दा प्रभावकारी हुन्छ भन्ने भयो तर अहिलेको परिणाम हेर्दा त्यो बेलाको निर्णय अलिक ठीक रहेनछ कि भन्ने भएको छ।’





