थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
युद्ध अपराधी पृथ्वीनारायण शाहकाे कुर्कमबारे राष्ट्रीय कवि खगेन्द् संग्राैलाले लेख्नु भएकाे कविता
युद्ध अपराधी पृथ्वीनारायण शाहकाे कुर्कमबारे
राष्ट्रीय कवि खगेन्द् संग्राैलाले लेख्नु भएकाे कविता
मेरो इतिहास मेटाएर
तिम्रो मात्र नलेखाएको भए
म पनि तिमीसँगै
फूलमाला लिएर उभिने थिएँ
एकताको दिवस मनाउने थिएँ
मेरो पुर्खालाई नरसंहार गरी
त्यसैको चितामा खुसियाली मनाई
बाँचेका पुर्खालाई
दास नबनाएको भए
तिमीसँगै उभिने थिएँ
एकताको दिवस मनाउने थिएँ
जितको उन्मादले मातेर
नाक, कानको धार्नी नपुराएको भए
अवोध नारीको अस्मिता नलुटिएको भए
तिमीसँगै उभिने थिएँ
एकताको दिवस मनाउने थिएँ
युद्ध नजितेकासँगको बाचा
तिम्रा सन्तानले नबिर्सिएको भए
लेखिएका सम्झौता
नतोडिएको भए
तिमीसँगै उभिने थिएँ
एकताको दिवस मनाउने थिएँ
आफू माथि रहन
आफ्नो भाषा, संस्कार आदि
अरुलाई नलादेको भए
तिम्रो जंगली असभ्य
हाम्रो सभ्य नभनेको भए
तिमीसँगै उभिने थिएँ
एकताको दिवस मनाउने थिएँ
बहुलतालाई स्वीकार नगरी
एक भाषा एक भेष
जबरजस्ति नलादेको भए
जगेर्ना नगरे नि
उपेक्षा नगरेको भए
तिमीसँगै उभिने थिएँ
एकताको दिवस मनाउने थिएँ
त्यसैले यो विभेदकारी
एकता दिवस
म मनाउन सक्ने छैनँ
अर्काको अस्तित्व स्वीकार नगर्ने दिवस
म मनाउने छैन
जबरजस्ती एकताको मालामा
म गाँसिने छैन ,,,,,,,,,,,





