बाढीपहिरो प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी नेपाली सेना परिचालन
2026-09-11बबिताले सडकमा बच्चा जन्माएपछि राजविराज अस्पतालका ६ कर्मचारी कामकाजबाट अलग
2026-09-11
अब खतरनाक तयारी हुनुपर्छ” रोहित थामी ।।।
“अब खतरनाक तयारी हुनुपर्छ”
तिमी यसकारण तयारी हुनुपर्छ।
यो देशले तुरुन्त
विशाल यलम्बर भूमिमा
अजम्बरी “शान्ति”को शिर उठाउँने
विजयको लडाइँ एकदम खोजिरहेछ….
तिमी यसकारण तयारी हुनुपर्छ।
सताब्दीऔंको फुर्के शासक निमिट्यान्न पार्दै
राज्यसत्ता स्वयंले जहरीलो चाबी
जबर्जस्त सुम्पिरहेछ…….
तिमी यसकारण तयारी हुनुपर्छ।
गस्तिहाङ का शासन जबर्जस्त हरणभई
च्यासल मा सक्किएकोआठ सय प्राण ले
‘निर्णायक जित” एकदम कुरीरहेछ…..
तिमी यसकारण तयारी हुनुपर्छ।
यो ऊर्जावान मुलुकको माटोले
‘विल्कुल’ आफ्नो मालिकलाई
न्यानो माया एकदम साचिराहेछ………
तिमी यसकारण तयारी हुनुपर्छ।
यो किपट मा बाँचेको
बुद्ध र गुम्बा बिहार ले न्याय मागिरहेछ
मुन्धुम(सिलोके) र माङमाइ थानले न्याय मागिरहेछ,
बाइबल र कुरान ले एकदम न्याय मागिरहेछ….
तिमी यसकारण तयारी हुनुपर्छ।
हिटलर र मुसोलिनी को जस्तै
दबदबाबाट मूलबासीले छुट्टी खोजिरहेछ…..
खतरनाक हतियार निस्सासिएर विस्पोट भइरहेछ…..
निर्मल पानी र शुद्ध हावामा यो तिर्खा सेलाउन खोजिरहेछ…
🤜🔥🤛 रोहित थामी#12Jan2023






