किसानलाई हिउँदे घासको बीउ उपलब्बद्द गराउँदै पालिका ।।

0Shares

किसानलाई हिउँदे घासको बीउ उपलब्बद्द गराउँदै पालिका ।।।

रहमुल लहान १ पुस । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका को आ ब ०७९/८० को योजना अनुसार पशु पालक किसानहरलाई राहत पुग्ने हिसाबले हिउँदे घासको बीउ निशुल्क वितरण कार्यक्रम पशु सेवा शाखाको आयोजनामा शुरु गरिएको छ ।

कार्यक्रमको उद्घाटन सस्त्रमा बोल्दै गा पा अध्यक्षले ” गा पा भरीमा अत्यधिक पशुको संख्या रहेको छ , र हिउँदमा हरियो घासको बिकल्पमा जै घाँसको बीउ हामी निशुल्क बितरन गर्न लागेको ” बताउनु भयो ।

उनले अगाडी थप्दै भने ” जमीनको उर्वर शक्ति संतुलन राख्न पशु पालन आबश्यक रहेकोले थोरै संख्यामा भए पनि पशुपालनका लागि किसानहरुलाई ” आग्रह गरेका छन् ।

वितरण कार्यक्रमलाई पारदर्शी र किसानको सहज पहुँचका लागि गा पा अध्यक्ष टीम सहित कार्य क्षेत्रमा खटेको थिएँ ।

यस कार्यक्रम अन्तर्गत किसानलाई अर्थतन्त्रमा टेवा पुर्याउन अगामी वर्षका लागि किसानबाट नै उक्त बीउ खरीद गरि वितरण गर्दा थोरै लगानीमा धेरै आम्दानीको लाभ किसानले पाउने भएकोले यथासिघ्र स्थानिय सरकारको ध्यानाकर्षण हुन जरुरी देखिन्छ ।

जै घाँस पशु आहारको लागि उत्तम रहेको विभिन्न अनुसन्धानले देखाइसकेको छ भने यसलाई दुई चोटी कटिङ गरि खुवाई सकेपछि पनि राम्रो बीउ उत्पादन भैरहेकाले यसलाई व्यावसायिक बनाउन किसान नै अगाडी आउनु पर्छ। यदि किसान सिस्टममा आई दिए भने सरकार आपसे आप सिस्टममा आउने पक्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *