मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
हतियार प्रहारबाट महिलाको हत्या ।
हतियार प्रहारबाट महिलाको हत्या ।
विनोद मण्डल मंसिर २८ । सिरहाकाे मिर्चैयामा महिलामाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । हत्यारालाई पक्राउको माग गर्दै स्थानीयद्वारा मिर्चैयास्थित पुर्व पछिम राजमार्ग केही समय अवरुद्ध गरिएको थियो ।
सिरहाकाे मिर्चैयामा धारीलो हतियार प्रहारबाट एक महिलाको मृत्यु भएको छ। सिराहा जिल्लाको मिर्चैया नगरपालिका २ का ३० वर्षिय लक्ष्मीनियाँ कापरको नजिकैको कर्जन्हा नपा ६ को जङ्गलमा दाउरा लिन गएका बेला ३–४ जना युवा समूहले धारीलो हतियार प्रहार गरी महिलाको हत्या गरेपछि जंगलमा महिलाको मृत्यु भएको थियो ।
दाउरा लिन जंगल गएका बेला पछ्याउँदै गएका युवाहरुले जवरजस्ती करणी गर्ने प्रयास गर्ने क्रममा जंगलमा धारिलो हतियारले महिलाकाे
घाटी र पेटमा प्रहार गरी हत्या गरेको ईलाका प्रहरी कार्यलय मिर्चैयाका प्रमुख डिएसपी हरि बहादुर ओलीले जानकारी दिए ।
दाउरा लिन सँगै गएका महिलाहरुले देखेपछि गाउँमा खवर पुर्याएका थिए । उनीहरुकै भनाई अनुसार गाउँलेले किटानी जाहेरी दिएको बताइएको छ ।






