मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
पश्चिम नवलपरासीमा व्यापक रुपमा नदि जन्य उत्खनन : प्रहरी प्रशासन माैन
पश्चिम नवलपरासीमा व्यापक रुपमा नदि जन्य उत्खनन : प्रहरी प्रशासन माैन
सुरेश यादव, नवलपरासी / मंसिर २७
पश्चिम नवलपरासीको विभिन्न खाेलाहरु बाट नदि जन्य पदार्थ व्यापक रुपमा भईरहेकाे पाईन्छ । यस जिल्लाका प्रहरी प्रशासन र सराेकारवालाहरु माैन देखिन्छन् । जिल्लाकाे सुनवल नगरपालिका ,रामग्राम नगरपालिका,बर्दघाट नगरपालिका,सुस्ता गाउँपालिका,प्रतापपुर गाउँपालिका लगाएतका खाेलाबाट नदि जन्य पदार्थ वर्षाै देखि उत्खनन हुदै आईरहेकाे छ ।
सुस्ताकाे नारायणी ( गण्डक ) नदि,खजुरा खाेला,तुरिया खाेला,झरही खाेला,भलुही लगाएतका खाेलाबाट गिट्टी,बालुवा,ढुंगा,माटाे,मिसकट,भस्कट लगाएतका नदि जन्य पदार्थहरु निकाली स्थानीय खाेला तस्करहरुले बिक्रीवितरण गर्दै आईरहेकाे स्थानीयले आराेप लगाएका छन् ।
जिल्लामा हालसम्म कुनै सराेकारवालाहरुले ठेक्का सम्झौता नगरेता पनि खाेला तस्करहरुले दिन रात खाेलाहरु बाट विगतका दिनमा उत्खनन गर्दै आएका छन् । भने यस प्रति नत प्रहरी नत प्रशासन नत स्थानीय पालिकाहरुले ध्यान दिन छाडेका छन् । साथै सम्पूर्ण सराेकारवालाहरुकाे मिलाेमतमा नै खाेलाहरुबाट नदि जन्य पदार्थहरु निस्कासन हुदै आईरहेकाे स्थानीयहरुकाे भनाई रहेकाे छ ।






