पत्रकारहरु धर्नामा ।

0Shares

पत्रकारहरु धर्नामा ।

बिनोद मण्डल मंसिर २२ । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिरहा शाखाका पत्रकारहरु धर्नामा बसेका छन् ।

पत्रकार प्रदिप सिंहलाई नवराजपुर गाउँपालिकाका अध्यक्षका छोराको नेतृत्वमा आएका युवाहरुको समुहले निर्घात कुटपिट गरेर घाईते बनाएको विषयलाई लिएर ईलाका प्रहरी कार्यालय लहानमा जाहेरी दिदाँ न्यायमा ढिलाई गर्दै गर्दा न्याय खोज्न पुगेका पत्रकारहरुमाथि ईलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर कृष्ण खत्रीले ईलाका प्रहरी कार्यालय अगाडि आएका पत्रकारहरु माथि गाडी चलाउने आदेश दिएपछि पत्रकारहरु थप आन्दोलित भएका छन् ।

पत्रकारहरुले कृष्ण खत्रीको विभागिय कारवाही र प्रदिप सिंहको उचित न्यायको माग गर्दै ईलाका प्रहरी कार्यालय लहान अगाडी धर्नामा बसिरहेका छन् ।

उचित न्याय नपाए सम्म धर्ना जारी राख्ने नेपाल पत्रकार महासंघ सिरहा साझाका अध्यक्ष मनोज बनैताले बताएका छन् भने लहानको लागि इन्स्पेक्टर खत्री खतरा भएको भन्दै राजनीतिक दबाबमा चल्ने इन्स्पेक्टर खत्रीले न्याय प्रशासन चलाउन नसक्ने अवस्था भएकोले तत्काल सरुवाको माग गणेश प्रसादले राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *