नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
लैंगिक हिंसा बिरुद्धको अभिमुखिकरण कार्यक्रम सम्पन्न ।।।
लैंगिक हिंसा बिरुद्धको अभिमुखिकरण कार्यक्रम सम्पन्न ।।।
विनोद मण्डल मंसिर २१ । सिराहा प्रहरीद्वारा महिला हिंशा विरुद्धको अभिमुखीकरण कार्यक्रम सम्पन्न ।
३१ औ लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सिरहाको गोलबजार नगरपालिका वडा नं. ५ असनपुर डिहवार टोल स्थित ईलाका प्रहरी कार्यालय गोलबजार सिरहा, राष्ट्रिय मानव अधिकार आयोग, मुक्ति नेपाल गोलबजार सिरहाको संयुक्त आयोजनामा अन्तर्क्रिया गरिएको थियो ।
मुक्ति नेपाल गोलबजार सिरहाको मनोपरामर्शकर्ता दिब्या कार्कीको अध्यक्षतामा ईलाका प्रहरी कार्यालय गोलबजार सिरहका प्रहरी सहायक हवल्दार पार्वती कुमारी चौधरी तथा प्रहरी जनशक्तिहरु, स्थानिय समुदाय, भद्रभलादमी तथा बुद्धिजिबिहरु समेतको उपस्थितिमा अर्न्तराष्ट्रिय नाराकाे आधारमा तय गरिएको “सभ्य समाजको पहिचान लैङ्गिक हिंसा बिरुद्धको अभियान” भन्ने राष्ट्रिय नाराका साथ ३१ औ लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत “लैंगिक हिंसा बिरुद्धको अभिमुखिकरण कार्यक्रम” गरिएको थियो ।
उक्त कार्यक्रममा समुदायमा रहेको लैंगिक बिभेद, घरेलु हिंसा, दाईजो प्रथा, सामाजिक मुल्यमान्यताका सामाजिक कु-रिती कानुन बिपरित कार्य हो, सामुदायमा रहेको लैंगिक हिंसा, घरेलु हिंसा कसरी न्युनिकरण गर्ने भन्ने बिषयमा सचेतना तथा कानुनी प्रावधानको बारेमा समेत जानकारी गराई सो कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।






