डुम खोलामा पुल नहुँदा स्थानियलाई सास्ति ।।।

0Shares

डुम खोलामा पुल नहुँदा स्थानियलाई सास्ति ।।।

बिनोद मण्डल मंसिर १२ । सिरहाको उत्तरी क्षेत्रमा अवस्थित साविक गाउँविकास समिति विष्णुपुरकट्टी भौगोलिक रूपमा विकट मानिन्छ । विकाशको अभावमा यहाँका स्थानिय जनताले विगत लामो समयदेखि सास्ती भोग्दै आएका छन ।

हाल धनगढीमाई १२ को गूढी टोल स्थित रहेको डुम खोलाको बाढीले एकातिर उब्जनी हुने जग्गा बगाउँदै आएको छ भने अर्कोतिर गाउँको पछिममा रहेको यस खोलामा पुल नहुँदा स्थानियलाई आवत जावतमा कठिनाई उत्पन्न भइरहेको छ ।

पुल निर्माणका लागि पटक पटक आवाज उठेपछि उक्त ठाउँमा विगतमा पुल निर्माणका लागि माटो परीक्षणको काम गरियो तर पुल बन्न सकेन ।

स्थानिय सरकारले टालटुल गरेर आवत जावतमा सहजता प्रदानका लागि हिउँदमा खोलामा होम पाईप हालेर तत्कालका लागि देखावटी पुल विगतमा बनाएपनि असारे पानीको भेलले भौतिक संरचना बगाउँदा स्थानियलाई आवत जावतमा कठिनाई उत्पन्न भइरहेको अवस्था रहेको पाईन्छ ।

बाटो अभावमा स्थानिय स्तरमा हरेक किसिमका समस्या सिर्जना भइरहेको अवस्थामा संबंधित निकायको ध्यान आकर्षण हुन जरुरी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *