नेपाल राष्ट्रिय जातीय संग्रहालयको नयाँ कार्यसमिति निर्वाचित ।।।
2026-08-24अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
2026-08-24
जनचेतनामुलक कार्यक्रम सम्पन् ।।।
जनचेतनामुलक कार्यक्रम सम्पन् ।।।
विनोद मण्डल कार्तिक १६ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०७९।०७।१६ गते जिल्ला सिरहा भगवानपुर गाउँपालिका वडा नं. ०४ स्थित भगवानपुर बजारमा प्रहरी चौकी ठाडी सिरहाको आयोजनामा उक्त वडाको वडा अध्यक्ष राम कुमार यादवको अध्यक्षतामा प्रहरी जनशक्तिहरु, स्थानिय भद्रभलादमीहरु, युवायुवतीहरु बुद्धीजिवीहरु, महिला तथा पुरुषहरु समेतको उपस्थितीमा “मानव वेचविखन तथा ओसार पसार बिरुद्धको जनचेतनामुलक कार्यक्रम”सम्पन्न गरिएको थियो ।
कार्यक्रममा प्रहरी सहायक निरिक्षक अमोद साफीले मानव बेचविखन तथा ओसार-पसार बिरुद्धको बारेमा जानकारी तथा वैदेशिक रोजगारको प्रलोभन दिई अन्य देश लगि वेचबिखन गर्न सकिन्छ ?, गाँउघरमा अपरिचित व्यक्ति आई बैदेशिक रोजगारको प्रलोभन वा कुनै किसिमको प्रलोभन देखाएमा प्रलोभनमा नपरी सोको बारेमा नजिकको प्रहरीलाई जानकारी गराउने तथा कानुनी प्रावधान बारेमा समेत जानकारी गराई कार्यक्रम समाप्त भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।






