मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Tuesday, July 7, 2026
समानुपातिकको नाममाथि कांग्रेस पदाधिकारी बैठकमा छलफल हुँदै
समानुपातिकको नाममाथि कांग्रेस पदाधिकारी बैठकमा छलफल हुँदै
४ मंसिरमा हुने निर्वाचनको समानुपातिक पद्धतितर्फको बन्द सूचीका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा पदाधिकारी बैठक बसिरहेको छ । दिउँसो २ बजेदेखि बैठक बसिरहेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।
समानुपातिक तर्फको सूचीमा पार्टीको संस्थापनइतरले विरोध जनाएपछि छलफलका लागि पदाधिकारी बैठक बोलाइएको छ ।
असोज ३ मा निर्वाचन आयोगमा बुझाइएको बन्द सूची प्रति नेता डा. शेखर कोइराला पक्षले असन्तुष्टि व्यक्त गरी विरोधमा उत्रेको छ । आयोगले बिहीबार र शुक्रबार बन्द सूचीमा रहेका नामहरुमा संशोधन गर्न समय दिएको छ ।
चुनाव २०७९ नेपाली कांग्रेस





