समानुपातिकको नाममाथि कांग्रेस पदाधिकारी बैठकमा छलफल हुँदै

0Shares

समानुपातिकको नाममाथि कांग्रेस पदाधिकारी बैठकमा छलफल हुँदै

४ मंसिरमा हुने निर्वाचनको समानुपातिक पद्धतितर्फको बन्द सूचीका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा पदाधिकारी बैठक बसिरहेको छ । दिउँसो २ बजेदेखि बैठक बसिरहेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

समानुपातिक तर्फको सूचीमा पार्टीको संस्थापनइतरले विरोध जनाएपछि छलफलका लागि पदाधिकारी बैठक बोलाइएको छ ।

असोज ३ मा निर्वाचन आयोगमा बुझाइएको बन्द सूची प्रति नेता डा. शेखर कोइराला पक्षले असन्तुष्टि व्यक्त गरी विरोधमा उत्रेको छ । आयोगले बिहीबार र शुक्रबार बन्द सूचीमा रहेका नामहरुमा संशोधन गर्न समय दिएको छ ।

चुनाव २०७९ नेपाली कांग्रेस

Leave a Reply

Your email address will not be published. Required fields are marked *