मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
काठमाडौं । फिल्म ‘प्रेमगीत ३’ यतिबेला चर्चामा छ ।
काठमाडौं । फिल्म ‘प्रेमगीत ३’ यतिबेला चर्चामा छ । पब्लिसिटी र सेन्सरको क्रममा यसले प्राप्त गरेको ‘हाइप’ कमै फिल्मलाई हुनेगर्छ । यतिबेला धेरैको चासो फिल्मले कति कमायो भन्नेमा छ ।
फिल्मको कमाइलाई लिएर चलचित्र विकास बोर्डको बक्स अफिस र निर्माताबीचको तथ्यांक बाझिएको छ । निर्माता सुवास कालेले फिल्मको नेपाली संस्करणले नेपालमा सुरुवाती तीन दिनमा ५ करोड २० लाख रुपैयाँ कमाएको तथ्यांक उल्लेख गरेका छन् ।
चलचित्र विकास बोर्डले चाहिं सोमबार बेलुकासम्म नेपाली संस्करणले देशव्यापी ३ करोड ७६ लाख रुपैयाँ ग्रस कमाइ गरेको जनाएको छ । बोर्डका अनुसार सोमबार रिलिज भएको हिन्दी संस्करणले ५३ लाख रुपैयाँ कमाइ गरेको छ ।
बोर्डले उपलब्ध गराएको तथ्यांकलाई केलाउँदा र बक्स अफिस सर्भर जडान नभएका कतिपय हलको तथ्यांक विश्लेषण गर्दा फिल्मको तीन दिनको कमाइ ४ करोड हाराहारी हुने अनुमान गरिएको छ । जसअनुसार नेपालमा ‘प्रेमगीत ३’ को हिन्दी र नेपाली संस्करणको कुल कमाइ करिब साढे चार करोड रुपैयाँ हुन आउँछ ।
प्रेमगीत ३






