४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड सञ्चालनमा
2026-08-25ओराङको हार्चे भिरमा सडक विस्तारका लागि अनुगमन
2026-08-24
पाइप चोरेको आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ
१० असोज खानेपानीको पाइप चोरेको आरोपमा प्रहरीले कास्कीबाट स्थानीय जनप्रतिनिधिसहित चारजनालाई पक्राउ गरेको छ । कास्कीको मादी गाउँपालिका–१ का वडा सदस्य ३४ वर्षीय खरजंग गुरुङसहित ४ जनालाई पक्राउ गरिएको जिप्रका कास्कीका डिएसपी सुन्दर तिवारीले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा मादी गाउँपालिका–७ थाक घर भएका ३५ वर्षीय रमेश गुरुङ, २६ वर्षीय निरज तामाङ र लमजुङ घर भएका २३ वर्षीय सुनिल परियार उर्फ रिदम छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उनीहरुलाई पाइप चोरेर लैजाँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
थाकखोला परियोजनाको पाइप आरोपीहरुले ३ मिटरको दरले रातभर काटेर ग.१ त ५१३७ नम्बरको ट्याक्टरमा लोड गरेर मादी–५ तर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । आरोपीहरुले चोरेको करिब १२ लाख मुल्य पर्ने पाइप प्रहरीले बरामद गरेको छ । आरोपीहरुलाई कसेरीबाट पक्राउ गरिएको डिएसपी तिवारीले जानकारी दिए ।





