मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
थामी समुदायको छैठो जिल्ला अधिवेशन सम्पन्न ।।
थामी समुदायको छैठो जिल्ला अधिवेशन सम्पन्न ।।

सन्तोष ठान्टी असोज १० । नेपाल थामी समाज दोलखा जिल्ला कार्य समितिको छैठो अधिबेशन भव्यताका साथ सम्पन्न भएको छ ।

निको खाम संस्कृति धर्म त्याङ परम्परा गोमको थाङमी समाजको एतिहासिक छैठो दान सभा आप्रा लोङ्गको सभा मुताबिक

नेपाल थामी समाज दोलखा जिल्ला शाखाको छैठो जिल्ला अधिवेशन उद्दघाटन समारोह कार्यक्रम भव्यताका साथ असाेज ८ गते उद्दघाटन गरिएको थियो ।

दोलखाको सदरमुकाम चरिकोटको सिम्पानी हलमा आयोजित भएको कार्यक्रममा राष्ट्रका उच्च व्यक्तित्व लगायत जिल्लाका प्रमूख व्यक्तित्वहरु सहभागि भएका थिए भने कार्यक्रममा थामी समुदायको जातिय नाच्न गान प्रस्तुत गरिनुका साथै आयोजक कमिटी द्धारा थामी समुदायको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो ।

राज्य पक्षबाट थामी समुदायकाे सही पहिचान हुन नसक्दा थामी समुदायको सामाजिक विकाश ओझेलमा परेको अवस्था रहेको प्रमूख अथिति चौधरीले बताउनुभयो ।

कार्यक्रममा बाईक र्याली निकालिनुका साथै थामी समुदायको पहिरनमा जिल्ला सदरमुकाम चरिकोटमा बाजागाजा सहित थामी समुदायको सहभागितामा सदरमुकाम परिक्रमा गरिने भएको छ ।

अधिवेशनबाट प्राप्त निष्कर्षले थामी समुदायको बाहुल्यता रहेको दोलखा जिल्लामा समुदायको लागि अशल कामको सुरुवातमा सकारात्मक धारणा बाहिर अाएको अवस्था रहेको पाइन्छ ।

प्रमुख अथिति शहरी विकास मन्त्री लेखमणि चौधरीको प्रमूख आतिथ्यमा आयोजित कार्यक्रममा विशिष्ट अतिथि पर्वत गुरुङ अतिथिहरू नगर प्रमुख ईश्वर मानन्धर लगाएत निर्वाचित वर्तमान कार्यसमितिका सदस्यहरू समेतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला अधिवेशन बाट हाेम कुमार थामी , बसन्त थामी ,बिक्रम थामि, साेविता थामी ,ढलबादुर, बिकास थामि, लालन थामी , लालबहादुर ,प्रकास लगाएतका १९ जना पदाधकारीहरू निर्वाचित भएका हुन् ।






