तामाङ टिकटक फापरे ह्वाई प्रतियोगिता २०८३ असार १५ देखि, विजेतालाई रु. २० हजार पुरस्कार
2026-06-20थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Sunday, June 21, 2026
कपनको ट्रेकिङ अफिसमा भीषण आगलागी, एक जनाको मृत्यु
६ असोज, काठमाडौं । कपनको एक घरमा भीषणा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ ।
घरको दोस्रो तलामा रहेका एक जनाको मृत्यु भएको उपत्यका प्रहरी प्रमुख रवीन्द्र धानुकले पुष्टि गरे । उनका अनुसार घरको माथिल्लो तलामा रहेकाहरुको उद्दार गरिएको छ ।
अहिले दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । साँघुरो गल्ली भएका कारण दमकल जान समेत अप्ठ्यारो भएको छ ।




