खानेपानी तथा सरसफाइ ऐन २०७९ :खानेपानीको मिटर बिगार्नेलाई १ वर्षसम्म कैद, ५ लाखसम्म जरिवाना

0Shares

२० जेठ, काठमाडौं । ‘खानेपानी तथा सरसफाइ ऐन २०७९’ जारी भएको छ । नेपालको इतिहामसमै पहिलोपटक खानेपानी र सरसफाइ क्षेत्रको छाता ऐन कार्यान्वयनमा गएको हो ।

यो ऐन जारी भएसँगै अब खानेपानी तथा सरसफाइ सेवा प्रदान गर्न, आयोजना तथा सेवा प्रणालीको सर्वेक्षण, निर्माण, सञ्चालन र व्यवस्थापन गर्न र खानेपानीको स्रोतको सार्वजनिक, संस्थागत तथा व्यवसायिक उपयोग गर्न तथा गराउन अनुमतिपत्र लाइसेन्स लिनुपर्ने हुन्छ ।

ऐनले खानेपानी तथा सरसफाइ सेवामा संघ, प्रदेश र स्थानीय तहको काम कर्तव्य र अधिकार किटान गर्दै तोकिएको क्षेत्राधिकारभित्रका आयोजना तथा खानेपानी सम्बद्ध सेवाको लाइसेन्स सम्बन्धित सरकारले जारी गर्ने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *