तामाङ टिकटक फापरे ह्वाई प्रतियोगिता २०८३ असार १५ देखि, विजेतालाई रु. २० हजार पुरस्कार
2026-06-20थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
पर्यटन क्षेत्रको रूपमा मानिकदह ।।।
पर्यटन क्षेत्रको रूपमा मानिकदह ।।।

विनोद मण्डल असाेज ५ । सिरहा जिल्लाको उत्तरी पूर्वी भेकमा अवस्थित अर्थात् लहान न.पा वडा न.पा.24 साबिक मलहनमा गोबिन्दपुर गाबिसको धरोहर, पहिचान, स्वाभिमानको रुपमा प्रख्यात मानिकदह धार्मिक, पर्यटकीय गन्तव्यको रूपमा परिचित रहेको छ ।

प्राचीन कालमा मैसोथा राज्यको राजा श्री सलहेशले आफ्नो दैनिकी कार्यको क्रममा मानिकदहमा स्नान गर्न आउथे । स्नान गरेर उनि आफ्नो धार्मिक सांस्कृतिक कार्यसँगै पुजा पाठ गरी राज्य संचालनका कार्यमा जाने गरेको जनविश्वास रहेकाे पाइन्छ ।

मानिकदह एउटा विशाल तालकाे रूपमा रहेको पाइन्छ । पोखरीको पश्चिम डिलमा राजा श्री सलहेश सहित माता मालिनिको मन्दिर, भगवती मन्दिर, ग्रामदेबता श्री डिहवार/डिहबारनी मन्दिर, लगायत मानिक सरदार गहबर पनि रहेकाे छ ।
उत्तरी क्षेत्रमा जङ्गल तथा सानो दलित बस्ती साथै मानिकदह बजार पनि छ। हरेक बर्ष बैशाख 1 गते नयाँ बर्षको दिन भब्य मेला लाग्ने गर्छ यस ठाउँमा । यस ठाउँमा लाग्ने मेलामा देश तथा बिदेशबाट लाखौको संख्यामा आएका पर्यटकहरूको ठूलो भिड लाग्ने गर्दछ ।

यस क्षेत्रमा पर्यटनको विकास गर्ने हो भने बार्षिक आय करोडौँ हुन्छ तर यो क्षेत्रको सुधार गर्न कुनै सरकारी निकायलाई कुनै चासो नदेखिएको कारण पर्यटन विकास ओझेलमा परेको अवस्था रहेको पाइन्छ ।





