रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21
Tuesday, October 22, 2024
निर्वाचन आयोगले साढे ५ लाख जरिवाना गरेपछि रिसाए हर्क साम्पाङ
५ असोज धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) निर्वाचन आयोगमाथि खनिएका छन् । निर्वाचन आयोगले चुनावी खर्च विवरण नबुझाएको भनेर साढे ५ लाख जरिवानाको निर्णय गरेपछि सामाम्पाङ आक्रोशित बनेका हुन् ।
सामाजिक सञ्जालमार्फत उनले आफ्नो चुनावी खर्च २ लाख पनि नभएको तर दुई दिन ढिला हुँदा जरिवाना चाहिँ किन साढे ५ लाख भन्दै कटाक्ष गरेका छन् । उनले साढे ५ लाख जरिवाना गर्नु भनेको लुट्नु भएको टिप्पणी समेत गरेका छन् ।
उनले भनेका छन्, ‘दुई दिन ढिलो गरी खर्च विवरण पेश गरेको भनेर निर्वाचन आयोगले ५ लाख ५० हजार जरिवाना गर्नु भनेको लुट्नु हो । मेरो पूरा खर्च नै २ लाख नि थिएन जरिवाना चाहिँ त्यति धेरै ।’ निर्वाचन आयोगले खर्च विवरण नबुझाउने उम्मेदवारलाई पदअनुसारको जरिवाना गरेको छ । त्यस्तो जरिवाना ६ महिनाभित्र तिर्नुपर्ने आयोगको भनाइ छ ।