रसुवाको भोटेकोशी बाढीमा ६४४ तीर्थयात्री तथा पर्यटक बेपत्ता !!!
2026-08-27विश्वका सञ्चारमाध्यममा नेपालको बाढीप्रकोप ब्रेकिङदेखि गहन विश्लेषणसम्म ।।।
2026-08-27
Thursday, August 27, 2026
एक्सन’मा उत्रिँदै ललितपुर महानगरपालिका, मापदण्ड विपरितका संरचना हटाउन ३५ दिने सूचना
५ असोज ललितपुर महानगरपालिकाले अनियमित संरचना हटाउन ३५ दिने सूचना सार्वजनिक गरेको छ । बुधबार एक सूचना प्रकाशन गर्दै ललितपुर महानगरपालिका क्षेत्रभित्र नक्सा स्विकृत बिना, मापदण्ड विपरित निर्माण भएका संरचनाहरु हटाउन समय दिइएको छ ।

सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरि निर्माण भएका स्लोप, टप, रयाम्प, सिंढी लगायतका संरचना तथा नक्सा स्विकृत गर्दा पार्किङ प्रयोजन खुलाई स्विकृत लिई अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरु लगायत सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण गरेका संरचनाहरु सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सुधार गर्न वा हटाउन आग्रह गरिएको छ ।





