नेपालबाट चीन जाने क्रममा देवराज सुनुवार सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि परिवारको अपिल ।।।
2026-08-27८ जिल्लामा बाढीले बगाएका ३५९ शव भेटिए, मृतकको संख्या ३५९ पुग्यो ।।।
2026-08-27
Thursday, August 27, 2026
समानुपातिक उम्मेदवारको टुंगो लगाउँदै जनमत
असोज २ सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिक उम्मेदवारको बन्द सूची तयारीमा जुटेको छ । काठमाडौँको सम्पर्क कार्यालयमा जारी सचिवालयको बैठकले बन्द सूची तयार गरिरहेको सो पार्टीका महासचिव चन्दन सिंहले बताएका हुन् ।

प्रदेश प्रदेशबाट समानुपातिक उम्मेदवारको नाम सिफारिस भएको र सिफारिस भएको नाममा छलफल चलिरहेकाले भोलिसम्म त्यसबारे टुंगो लाग्ने उनले बताए । पार्टीका नयाँ तथा पुरानो कार्यकर्तालाई समानुपातिक उम्मेदवारमा राखिने उनले बताए । उनले भने, ‘पार्टीमा कम्तीमा १० वर्ष काम गरेको पुरानो नेता तथा नयाँ आउनेको पनि योगदान, उनको जनाधारलगायत विषय मूल्याङ्कन गरी समानुपातिक उम्मेदवारमा राख्ने छौँ ।





