मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
लुटेको रकम खाल्डोमा भेटियो, २ जना पक्राउ
२३ भदौ, जनकपुरधाम । धनुषामा एक व्यक्तिको लुटेको रकम खाल्डो खनेर गाडेको पाइएको छ । प्रहरीले लक्ष्मिनियाँ गाउँपालिका–६ का २० बर्षीय भरोसी भनिने नरेश यादव र २३ बर्षीय सरोज दासलाई पक्राउ गरेपछि लुटपाटको रकम खाल्डोमा लुकाएको खुलेको हो ।

लक्ष्मीनियाँ गाउँपालिका– ४ बस्ने ७५ बर्षीय राम दासले सपहीस्थित मेगा बैंकबाट ७५ हजार झिकेर घरतर्फ जाने क्रममा यी दुबैले बुधबार लुटेका प्रहरीको भनाइ छ ।
रकम लुटिएको जानकारी पाएपछि खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा सरोज दासलाई बुधबार साँझ नै पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा सरोज दास र नरेश यादवले नै योजना बनाएर रकम लुटेको देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी बसन्त रजौरेले जानकारी दिए ।
उनका अनुसार यादव बैंकमा प्रवेश गरी रकम निकाल्ने व्यक्तिको चियो गरी बसेका थिए । राम दासले रकम निकालेर बाहिर आएपछि नरेश यादव र सरोज यादवले ज.१२प ८५९३ नम्बरको मोटरसाइकल चढेर पिछा गरेका थिए । एकान्त ठाउँमा पुगेर उनीहरुले रकम लुटेका एसपी रजौरेले बताए ।
लुटिएको ८५ हजार रुपैयाँमध्ये नरेशको घर अगाडिको छाप्रोमा खाल्डो खनेर गाडिएको अवस्थामा ७५ हजार फेला परेको प्रहरीले जनाएको छ । यस्तै १ हजार ५०० सरोज यादवको साथबाट फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ । यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।





