बाटोको अवस्थाप्रति निकाय मौन ।।।

3Shares

बाटोको अवस्थाप्रति निकाय मौन ।।।

विनोद मण्डल भदाै 18 । गाउँ गाउँमा सिंदरबार लोकतन्त्र गणतन्त्रमा बारम्वार सुनिएको शब्द हो । स्थानिय सरकारको निर्माण गरेर आम जनताको दैनिकीसंग जोडिएको अति महत्वपूर्ण बिषय बस्तुमा समयमा ध्यान केन्द्रित नगर्दा सामाजमा ती सवै कुराले नकारात्मक असर पार्दछ अनि वास्तविकता बाहिर आउन थाल्दछ । त्यतिबेला सकारात्मक परिवर्तनको चाहना गरेर आवाजहरू उठ्नु स्वाभाविक पनि हो ।

भैरहवा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित रुपन्देही क्याम्पस हुँदै जिल्ला जनस्वास्थ्य कार्यालयदेखि उत्तर तर्फ जाने बाटोमा करिब
४ वर्षको समय खर्चेर गरिएको बाटो बिकासको वास्तविक अवस्थाको चित्रण एउटा तितो यथार्थ बाहिर आएको अवस्था रहेको देखिन्छ । सडक निर्माणको जबाफदेही बोकेका ठेकेदारको चरम लापरबाही ढिला सुस्ती र सम्बन्धित निकायको प्रभावकारी अनुगमनको कमीको उपज हरेक वर्ष वर्षाको समयमा स्थानियले सास्ती खेप्नुपरेको अवस्था रहेको देखिन्छ ।

सडक निर्माणको जिम्मा कुन अवस्थामा कसलाई दिइएको हो ? सडक निर्माण लागत रकम , मूल्य कति हो, निर्माण सम्झौता अवधि कति ? पारदर्शिता बिना बनाइएको सडकमा निर्माणको बारेमा जानकारी दिने कुनै साइन बोर्डसम्म छैन।

बिगातका दिनहरूमा स्थानीयले सम्बन्धित निकायमा यहाँ भइरहेको ढिला सुस्तीकोबारे लिखित रुपमा ध्यान आकर्षण गराउदा समेत समस्या जहाँ को त्यहि रहनु चिन्ताको विषय बनेको अवस्था रहेको पाइन्छ ।

वर्षाको पानीले बाटो हिलाम्मे भएपछि स्थानियलाई घरबाट बाहिर आवात जावतमा कठिनाई उत्पन्न भइरहेको अवस्थामा सम्बन्धित निकायको ध्यानाकर्षण हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *