मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
रुकुम पश्चिममा सामूदायिक भवनमा पहिरो खस्दा आमाछोरीको मृत्यु

रुकुम पश्चिममा एक सामुदायिक भवन भत्किदा आमाछोरीको मृत्यु भएको छ । रुकुम आठबिसकोट नगरपालिका १४ को पिपलचौरमा पहिरोले सामुदायिक भवन भत्काउँदा जाजरकोटको नौगाड नगरपालिका १ की ३२ वर्षीया बालमती राना र उनकी छोरी २ वर्षीया प्रतिक्षा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नीरिक्षक राजिव श्रेष्ठले जानकारी दिए ।
दिउँसो अविरल वर्षाको क्रममा पिपलचौरस्थित छेपारे सामुदायिक वनको भवनमाथि पहिरो खस्दा भवनभित्र ओत लाग्न बसेका आमा–छोरीलाई सो पहिरोले किचेर मृत्युु भएको हो ।


सँगै रहेकी बालमतीकी अर्की छोरी ७ वर्षीया तिर्सना राना घाइते भएकी छिन् । भवन भत्किँदा घाइते भएका तीनै जनालाई प्रहरीले उद्धार गरी जाजरकोटस्थित जिल्ला अस्पतालमा लगेको थियो । त्यस क्रममा जाजरकोट जिल्ला अस्पतालका चिकित्सकले घाइतेमध्ये बालमती र उनकी छोरी प्रतिक्षाको मृत्यु भएको घोषणा गरेका थिए ।





