नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
धनगढी उपमहानगरको खोलामा ढल मिसाउनेलाई जरिवाना, सुर्तिजन्य पदार्थ र प्लाष्टिक बिक्रिमा रोक

१० भदौ, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सुर्तिजन्य पदार्थ र प्लाष्टिकजन्य वस्तुको बिक्रि वितरणमा रोक लगाइएको छ ।
१ भदौमा बसेको धनगढी उपमहानगरपालिकाको कार्यपालिका बैठकले नगर क्षेत्रमा सुर्तिजन्य पदार्थ सुर्ती, खैनी, जर्दापान, पानपराग, गुट्खा र प्लाष्टिकजन्य वस्तु गिलास, कप झोलाको बिक्रि वितरणमा रोक लगाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार चालु आर्थिक वर्ष २०७९÷८० लाई सरसफाई वर्षका रुपमा मनाउने उद्देश्यले बजार क्षेत्रमा समस्याका रुपमा देखिएको सुर्तिजन्य पदार्थ र प्लाष्टिकजन्य वस्तु भएकाले बिक्रि वितरणमा निषेध गर्ने निर्णय गरिएको हो ।
अगामी असोज १ गतेदेखि बिक्रि वितरणमा रोक लगाइएको बताउदै श्रेष्ठले उक्त कार्यमा सहयोग गर्न सार्वजनिक सूचना मार्फत नगरबासीमा अपिल समेत गरिएको जनाए ।
उपमहानगरपालिकाले अगामी दिनमा सार्वजनिक क्षेत्र सडक, खोलानाला र नालीमा फोहर नफाल्न तथा सडक पेटीमा निर्माण सामाग्री, ठेला, पसल नराख्न तथा जथाभावी पशुचौपाया नबाध्न पनि आग्रह गरेको छ ।
निषेध गरिएको क्षेत्र तथा जथाभावी खोलानालामा ढल मिसाउनेलाई प्रथम पटकलाई १० हजार रुपैयाँ जरिवाना र दोस्रो पटक संरचना भत्काइने उपमहानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
यस्तै अन्य फोहर फाल्नेहरुलाई पहिलो पटक १ हजार, दोस्रो पटक ३ हजार र तेस्रो पटक ५ हजार रुपैयाँसम्म जरिवाना गरिने उपमहानगरपालिकाले जनाएको छ ।





