नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
हैजा नियन्त्रण गर्न चुन छर्किंदै महानगर

१० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले हैजा नियन्त्रणका लागि प्रत्येक वडामा किटनाशक चुन छर्किन थालेको छ ।
उपत्यकामा हैजाका बिरामी बढ्न थालेपछि काठमाडौंका ३२ वटै वडा कार्यालयले फोहोर उठाइएका क्षेत्र, घाँस तथा झाडी भएको क्षेत्रमा सरसफाइ गर्दै चुन छर्किने काम भइरहेको महानगरले जनाएको छ ।
बुधबार महानगरले एक परिपत्र जारी गर्दै सबै वडामा हैजा नियन्त्रण गर्न फोहोर उठाइएका क्षेत्रमा चुन छर्न आग्रह गरिएको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।
महानगरको निर्देशन अनुसार सबै वडा कार्यालयलहरुले फोहोर उठाइएका क्षेत्र तथा झाडी भएको स्थानमा चुन छर्न सुरु गरिएको मानन्धरले बताए ।
पछिल्लो समय काठमाडौं उपत्यकामा डेंगुको समेत संक्रमण बढेको छ । डेंगु संक्रमण रोक्न जनचेतना फैलाउन महानगर क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको महानगरले जनाएको छ ।





