महाभियोग सिफारिस समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयार

0Shares

समाचार
महाभियोग सिफारिस समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयार

काठमाडौँ — प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको पहिलो बैठकमा आन्तरिक कार्यविधिको मस्यौदा तयार गरिएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध प्रतिनिधिसभामा महाभियोग दर्ता भएको ६ महिनापछि बुधबार बसेको समितिको बैठकले आन्तरिक कार्यविधिको मस्यौदा तयार गरेको हो ।

समितिको आन्तरिक कामकारबाही सुव्यवस्थित र प्रभावकारी बनाउन आवश्यक भएकाले प्रतिनिधिसभा नियमावली‚ २०७५ को नियम १६३ को उपनियम (५) ले दिएको अधिकार प्रयोग गरी उक्त कार्यविधि बनाइएको कार्यविधिमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *