मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
मुख्यमन्त्री पाण्डे र श्वेता खड्काबीच के विषयमा भयो कुराकानी ?
मुख्यमन्त्री पाण्डे र श्वेता खड्काबीच के विषयमा भयो कुराकानी ?
काठमाडौं । अभिनेत्री श्वेता खड्काले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई भेटेकी छन् । मंगलबार बेलुका काठमाडौंको मनमोहन अस्पतालमा आफूले मुख्यमन्त्री पाण्डेलाई भेटेको श्वेताले बताइन् ।
त्यसक्रममा उनीहरुबीच सामाजिक र व्यावसायिक विषयमा कुराकानी भएको छ । ‘मनमोहन अस्पताल स्थापनादेखि नै उहाँसँग राम्रोसँग चिनजान थियो । काठमाडौं आएको मौका पारेर भेट भएको हो । केही सामाजिक र व्यावसायिक कुरामा छलफल भयो,’ मुख्यमन्त्री पाण्डेसँगको भेटबारे श्वेताले अनलाइनखबरसँग भनिन् ।
भेटमा श्वेताका श्रीमान विजयन्द्रसिंह राउत पनि सहभागी थिए । आमा बन्ने तयारीमा रहेकी श्वेता पछिल्लो समय घरमै आराम गरिरहेकी छन् । चिकित्सकले उनलाई मंसिर पहिलो साताको डेलिभरी डेट दिएका छन् ।
मुख्यमन्त्री पाण्डेसँगको भेटको तस्वीरमा श्वेताको यो प्रेगनेन्सी लुक्स देखिन्छ । गर्भावस्थाको कारणको उनको तौल बढेको देखिन्छ । यतिबेला श्वेताको व्यावसायिक पाटो पति विजयन्द्रले सम्हालिरहेका छन् ।





