मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
अदिती र धीरजको फिल्म ‘बाबरी’ दशैंमा, असोज १४ गते रिलिज मिति
अदिती र धीरजको फिल्म ‘बाबरी’ दशैंमा, असोज १४ गते रिलिज मिति
काठमाडौं । अदिती बुढाथोकी र धीरज मगरको मुख्य भूमिका रहेको फिल्म ‘बाबरी’ असोज १४ गते रिलिज हुने भएको छ । निर्देशक सुरेन्द्र पौडेलले दशैंको फूलपातीको दुई दिनअघि फिल्म रिलिज हुने जानकारी दिए ।
त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म भदौ ३१ गते आउने तयारीमा थियो । पूर्वनिर्धारित मिति स्थगित गर्दै बाबरीले दशैंलाई प्रदर्शन डेटको रुपमा तय गरेको हो । यसअघि प्रशान्त तामाङ स्टारर फिल्म ‘परदेशी २’ पोस्टपोन्ड भएर फागुनमा पुगेपछि असोज १४ को मिति खाली थियो ।
बाबरी फिल्मको प्रस्तुतिमा निर्माण भएको ‘बाबरी’लाई गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले निर्माण गरेका हुन् । फिल्ममा कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गरुङको संगीत तथा एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी छ ।
पटकथा तथा संवाद रितसिंह बोहरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर लेखेका हुन् । काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका रमणीय स्थानमा छायांकन गरिएको छ । नरेन्द्र मैनालीले फिल्म खिचेका हुन् ।
बाबरी






