नेपालका मूलबासीहरुले आफुलाई मंगोल भन्न हिच्किचाउनु हुन्न गर्व गर्नु पर्छ – प्रेसिडेन्ट मेचे

8Shares

नेपालका मूलबासीहरुले आफुलाई मंगोल भन्न हिच्किचाउनु हुन्न गर्व गर्नु पर्छ – प्रेसिडेन्ट मेचे

झापा/ मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर नगरसभा, झापाले आयोजना गरेको विश्व मूलबासी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका प्रेसिडेन्ट बुद्धलाल मेचे ज्युले नेपालका मूलबासी मंगोलहरुले आफुलाई मंगोल भन्न हिच्किचाउनु नहुने र गर्व गर्नुपर्ने कुरा बताउनुभयो । साथै उहाँले अब चाडै नै मुलुकको शासनसत्ताको बागडोर नेपालको मुलवासी मंगोलहरुको हातमा आउने कुरा जगजाहेर गर्दै संसारभरी मुलवासी दिवस मनाइरहेका मुलवासीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । 
 
९ अगष्ट २०२२ मंगलबारका दिन मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर नगरसभा को आयोजना मा मेचिनगर-१०स्थित धुलाबारीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको विशिष्ट अतिथिमा संगठनका वरिष्ठ केन्द्रिय सदस्य शान्तिलाल धिमाल रहनु भएको थियो भने अतिथीहरु झापा जिल्ला सभा सदस्य सिखा लिम्बू र अर्जुन लोवा रहनुभएको थियो । 
 
कार्यक्रममा अतिथिद्वय अर्जुन लोवा, शिखा लिम्बू र विशिष्ट अतिथी शान्तिलाल धिमालले शुभकामना मन्तव्य राख्नु भएको थियो । मेचिनगर अध्यक्ष सिनारा मेचेको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा काेषाध्यक्ष नर बहादुर राईले स्वागत मन्तव्य राखेका थिए भने सचिव किशोर धिमाल ले संचालन गरेका थिए ।

यसैगरी एम.एन.ओ. झापा जिल्ला सभाको आयोजनामा जिल्ला सभा झापाको कार्यालय विर्तामोडमा, एम.एन.ओ. विर्तामोड नगरसभाको आयोजनामा विर्तामोडको सैनिक बजारमा, एम.एन.ओ. भद्रपुर नगरसभाको आयोजनामा भद्रपुर-३ मा, एम.एन. ओ. बुद्धशान्ती गाउँसभाको आयोजनामा बुधबारेमा, एम. एन.ओ. दमक नगरसभा र कमल गाउँसभाको संयुक्त आयोजनामा दमकमा पनि २८औँ विश्व मूलवासी दिवस कार्यक्रम सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *