४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड सञ्चालनमा
2026-08-25ओराङको हार्चे भिरमा सडक विस्तारका लागि अनुगमन
2026-08-24
Tuesday, August 25, 2026
समयमै पानी नपर्दा प्रदेश १, मधेश र बागमतीमा गत वर्षभन्दा कम रोपाइँ

१० साउन, काठमाडौं । समयमै पानी नपर्दा तीन वटा प्रदेशमा गत वर्षको भन्दा कम क्षेत्रफलमा रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार साउन दोस्रो सातासम्म पनि प्रदेश १, मधेश र बागमती प्रदेशमा गत वर्षभन्दा कम रोपाइँ भएको छ ।
मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार समीक्षा अवधिमा गतवर्ष भन्दा १३ प्रतिशत कम क्षेत्रफलमा रोपाइँ भएको प्रवक्ता सञ्जेलले जानकारी दिए । गत वर्ष देशभर यस अवधिमा ८८.८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएकोमा अहिले ७५.३ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ ।
‘गत वर्ष साउन ९ गतेसम्म १२ लाख १७ हजार हेक्टरमा रोपाइँ सकिएकामा यसवर्ष ११ लाख ३२ हजार हेक्टरमा मात्रै रोपाइँ सकिएको छ,’ प्रवक्ता सञ्जेलले भने, ‘रोपाइँ कम हुनुमा बागमती, मधेश र प्रदेश एकमा कम रोपाइँ हुनुले हो ।’





