मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
एउटै रुखमा तीन किशोरी झुण्डिएको अवस्था ।।।

विनोद मण्डल साउन ८ । पूर्वी नेपालको झापा जिल्लाको सुनकोसी चिया बगानमा बयरको रुखमा झुण्डिएको अवस्थामा किशोरीहरु फेला परेका छन् ।
शनिबार दिउसोदेखि हराएकी किशोरीहरुको शव आईतवार बिहान करिब ७ बजेको समयमा झुण्डिएको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
झापाको कचनकवल गाउँपालिका ५ बेलले गाउस्थित सुनकोसी चिया बगानमा किशोरीहरु झुण्डिएको अवस्थामा चिया बगानका मजदुरहरुले देखेका थिए । मृतक किशोरीहरु पनि चिया बगानमा मजदुरको रूपमा काम गर्दै आएका थिएँ ।
मृतक किशोरीहरु मध्ये एउटै हाँगामा २ किशोरी झुण्डिएको र एक जना रूखको अर्को हाँगामा झुण्डिएको अवस्थामा रहेका थिएँ ।
कचनकवल ५ निवासी पञ्चम गणेशको १६ वर्षिय छोरी करिना गणेश , पुवालु गणेशको १७ वर्षिय छोरी अञ्जली गणेश र वीरबल गणेशको १६ वर्षिय छोरी कल्पना गणेश रहेको झापाका प्रहरी प्रवक्ता वसन्त पाठकले बताए ।





