वर्षौंदेखिको मोबाइल नेटवर्क समस्याको समाधानका लागि उमेश चौधरीको पहल, एनटीसी टावर निर्माण प्रक्रिया अघि बढ्यो।
2026-11-26१४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी र कुटपिटको आरोप श्रीमान् पनि पक्राउ!
2026-11-26
अछाम पहिरो अपडेट : मृतक तीनै जनाको सनाखत

९ साउन, काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा गएको पहिरोमा पुरिएर मृत्यु भएका तीन जनाको सनाखत भएको छ ।
आइतबार राति १ बजेतिर घर पहिरोमा पुरिँदा हरिकला विष्ट, विरेन्द्र विष्ट र संविधान विष्टको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए ।
६५ वर्षीया नैना विष्ट घाइते छिन् । उनलाई उद्धार गरेर अस्पताल पुर्याइएको छ । उनको अवस्था सामान्य छ । पहिरोमा पुरिएर केही चौपाया पनि मरेका छन् ।
यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा आइतबार राति गएको पहिरो र त्यसले पुर्याएको क्षतिबारे जानकारी लिंदै आवश्यक पर्ने उद्धार र राहतको कार्यमा कुनै कसुर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री खाणले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर आवश्यक पर्ने सहयोगबारे मन्त्रालयमा जानकारी गराउन निर्देशन दिंदै घाइतेको यथाशीघ्र उपचार र तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।




