छानविन समितिमा निवर्तमान मन्त्री शर्माको बयान : बजेट निर्माणमा असम्बन्धित व्यक्ति संलग्न छैन

0Shares

छानविन समितिमा निवर्तमान मन्त्री शर्माको बयान : बजेट निर्माणमा असम्बन्धित व्यक्ति संलग्न छैन

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा ।

५ साउन, काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको दोहोर्याएका छन् ।

संसदीय छानविन विशेष समितिको बैठकमा आज बयान दिंदै शर्माले संसदमा बजेट पेश गर्नुअघि अर्थमन्त्रालयमा मध्यरातमा अनधिकृत व्यक्ति प्रवेश गरी करको दर हेरफेर गरेको भन्ने आरोपको खण्डन गरेका हुन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । सोही दिन बजेट प्रकरणबारे छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन गरिएको थियो ।

समितिले यो प्रकरणमा मुछिएका भनिएका बिभिन्न व्यक्तिहरुसँग सोधपुछ गर्ने क्रममा आज निवर्तमान मन्त्री शर्मासँग पनि सोधपुछ गरेको हो । शर्माले बजेट निर्माणमा मन्त्रालयका अधिकारीहरुबाहेक अन्य असम्बन्धित व्यक्ति कोही पनि संलग्न नभएको बताए ।

जनार्दन शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *