कनकाई पुल निर्माणमा ढिलाइ पप्पु महादेव खिम्ती जेभीलाई १ अर्ब ९९ करोड जरिवाना
2026-09-13बिगु गाउँपालिका ८ कापाराङमा ठूलो पहिरो खोला थुनिएपछि तल्लो क्षेत्रमा जोखिम
2026-09-13
श्रीलंका छोडेर भागेका राष्ट्रपति राजापाक्षले दिए राजीनामासंग्रह

श्रीलंका छोडेर भागेका राष्ट्रपति राजापाक्षले दिए राजीनामा
संग्रह
असार ३०, २०७९कान्तिपुर संवाददाता
भागेर मालदिभ्स हुँदै सिंगापुर पुगेका उनले बिहीबार ईमेलबाट सभामुखलाई राजीनामा पठाएका हुन् ।
काठमाडौँ — मुलुक छोडेर भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापक्षले बिहीबार राजीनामा दिएका छन् । मालदिभ्स हुँदै सिंगापुर पुगेका उनले उतैबाट सभामुखलाई ईमेलबाट राजीनामा पठाएका हुन् । राजापाक्ष परिवारको कुशासनका कारण मुलुक नै आर्थिक टाट पल्टेको छ ।
त्यसैविरुद्ध आन्दोलन चर्किएको छ । श्रीलंकामा ज्यानको समेत जोखिम बढेपछि राष्ट्रपति राजापाक्ष मुलुक छोडेर भागेका थिए । उनको राजीनामाबारे शुक्रबार सभामुखले जानकारी गराउने बीबीसीले लेखेको छ ।
बीबीसीकाअनुसार राजापाक्षको राजीनामाको खबर आएपछि प्रदर्शनकारीहरुले श्रीलंकामा खुसीयाली मनाएका छन् । उनी भागेपछि प्रधानमन्त्री रनिल बिक्रमासिंघेले कार्यवहाक राष्ट्रपतिको रुपमा काम गर्दै आएका छन् ।





