जसपा संघीय परिषद् अध्यक्षमा अशोक राई चयन संग्रह

2Shares

जसपा संघीय परिषद् अध्यक्षमा अशोक राई चयन 
संग्रह

असार ३०, २०७९कान्तिपुर संवाददाता
काठमाडौँ — जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्षमा अशोक राई चयन भएका छन् । पर्साको वीरगन्जमा बसेको केन्द्रीय समितिको बैठकबाट यसअघिका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई पदमुक्त गर्दै राईलाई सोही पदको जिम्मेवारी दिएको हो ।

संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गर्ने बैठकले निर्णय गरेको नेता प्रकाश अधिकारीले जानकारि दिए ।
पार्टी विभाजनको लागि भूमिका खेलेको आरोप लगाउँदै भट्टराईसहित ९ जना केन्द्रीय नेतालाई जसपाले बिहीबार कारबाही गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *