जिल्ला सहकारी संघ दोलखा बन्यो देशभरकै उत्कृष्ट

0Shares

जिल्ला सहकारी संघ दोलखा बन्यो देशभरकै उत्कृष्ट

काठमाडौं – दोलखा जिल्ला सहकारी संघ लि. मुलुककै उत्कृष्ट सहकारी संघ हुन सफल भएको छ । ६५औं राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ दोलखालाई देशभरकै उत्कृष्ट सहकारी घोषित गरिएको हो । संघलाई १०० औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा राष्ट्रिय सहकारी महासंघले प्रदान गरेको हो । 

जिल्लाका विषयगत सहकारी संघ तथा संस्थाहरूको प्रवद्र्धन तथा संस्थागत विकासको लागि उल्लेखनिय भूमिका निवाह गरे वापत जिल्ला सहकारी संघ लिमिटेड दोलखालाई मुलुकभरकै उत्कृष्ट जिल्ला सहकारी संघको रुपमा छनौट गरिएको महासंघले जनाएको छ । संघलाई नेपालको सहकारी अभियानको तर्फबाट नगद २५००० सहित उत्कृष्ट सहकारी पुरस्कार प्रदान गरिएको हो । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आईतवार एक कार्यक्रकाबीच उक्त पुरस्कार संघका अध्यक्ष हेमन्तकुमार चौलागाईंलाई हस्तान्तरण गरिन् । जिल्ला सहकारी संघ दोलखा २०५० साल भाद्र ४  गते स्थापना भएको हो । संघ यसअघि पनि साविकको डिभिजन सहकारी कार्यालय बाट समेत पुरस्कृत भइसकेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *