कनकाई पुल निर्माणमा ढिलाइ पप्पु महादेव खिम्ती जेभीलाई १ अर्ब ९९ करोड जरिवाना
2026-09-13बिगु गाउँपालिका ८ कापाराङमा ठूलो पहिरो खोला थुनिएपछि तल्लो क्षेत्रमा जोखिम
2026-09-13
श्रीलंका र अष्ट्रेलिया बीचको खेल नरोकिने

श्रीलंका र अष्ट्रेलिया बीचको खेल नरोकिने
शनिबार श्रीलंकामा सरकार र सत्ता विरुद्ध व्यापक विरोध प्रदर्शन भयो । सरकारको नीतिप्रति आक्रोशित श्रीलंकाका जनताले दिउँसो राष्ट्रपति गोटाबाया राजापाक्षेको घरमा तोडफोड समेत गरेका छन् । त्यसलगत्तै साँझपख प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासमा पनि प्रवेश गरेर तोडफोड र आगजनी गरेका छन् । एकातिर श्रीलंकामा राजनीतिक अस्थिरता छ भने अर्कोतिर अस्ट्रेलिया र श्रीलंका बीचको खेल पनि चलिरहेको छ ।
शनिबार पनि अस्ट्रेलिया र श्रीलंका बीचको क्रिकेट खेल जारी रह्यो । यो खेल गाले शहरमा हुँदैछ । राजधानी कोलम्बोबाट करिब १२४ किलोमिटर टाढा रहेको गाले शहरमा अवस्थित स्टेडियमबाहिर भने मानिसहरुको भीड जम्मा भएको थियो ।
पाकिस्तान क्रिकेट टोली पनि आगामी सिरिजका लागि श्रीलंकामै रहेको छ । श्रीलंका क्रिकेट बोर्डका अधिकारीहरूले खेल तालिका परिवर्तन गर्ने कुनै योजना नभएको बताएका छन्।
उनले देशमा राजनीतिक उथलपुथल देखिएपनि खेल प्रभावित नहुने विश्वास व्यक्त गरे । क्रिकेट बोर्डका एक अधिकारीले एएफपीलाई भने, ‘अष्ट्रेलियासँगको टेस्ट म्याच सकिन लागेको छ र पाकिस्तानसँगको सिरिज सुरु हुँदैछ ।’





