वर्षौंदेखिको मोबाइल नेटवर्क समस्याको समाधानका लागि उमेश चौधरीको पहल, एनटीसी टावर निर्माण प्रक्रिया अघि बढ्यो।

0Shares

थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

सिरहा, मंसिर १० सिरहा जिल्लाको लहान नगरपालिका–१५ स्थित वेतहामा वर्षौंदेखि रहँदै आएको मोबाइल नेटवर्क समस्याको समाधानका लागि स्थानीय समाजसेवी उमेश चौधरीले पहल गर्नुभएको छ।

वेतहामा नेपाल टेलिकम (एनटीसी) को मोबाइल टावर निर्माणका लागि उहाँले सम्बन्धित निकायमा औपचारिक निवेदन दर्ता गराउँदै प्रक्रिया अघि बढाउनुभएको हो।

नेटवर्क समस्याबाट प्रभावित धनेशटार, गाउजे, कालीखोला, विचारी दहलगायतका बस्तीका नागरिकले अब सहज सञ्चार सेवाको पहुँच पाउने आशा गरेका छन्।

मोबाइल नेटवर्क नहुँदा फोन गर्न तथा आवश्यक सूचना आदानप्रदान गर्न डाँडाकाँडा चढेर सिग्नल खोज्नुपर्ने बाध्यता स्थानीयले भोग्दै आएका छन्।

टावर निर्माण प्रक्रिया सफलतापूर्वक सम्पन्न भएमा स्थानीय नागरिकलाई सञ्चारसँगै शिक्षा, स्वास्थ्य, सुरक्षा, व्यापार तथा दैनिक जनजीवनमा समेत सहजता पुग्ने अपेक्षा गरिएको छ।

दुर्गम बस्तीका नागरिकको वर्षौंदेखिको समस्या समाधानका लागि थालिएको यस पहललाई स्थानीयस्तरमा सकारात्मक रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *