वर्षौंदेखिको मोबाइल नेटवर्क समस्याको समाधानका लागि उमेश चौधरीको पहल, एनटीसी टावर निर्माण प्रक्रिया अघि बढ्यो।
2026-11-26१४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी र कुटपिटको आरोप श्रीमान् पनि पक्राउ!
2026-11-26
१४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी र कुटपिटको आरोप श्रीमान् पनि पक्राउ!
थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

मोरङ । मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी र कुटपिट भएको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बालिकाका ५५ वर्षीय ससुरा र २३ वर्षीय श्रीमान्लाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत कात्तिक २९ गते राति कानेपोखरी गाउँपालिका–६ स्थित घरमै ससुराले बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप छ।
घटनापछि बालिकाका श्रीमान्ले आमासमेतको उपस्थितिमा उनलाई सोधपुछ गर्दै कुटपिट गरेको र उक्त भिडियो आफ्नै सामाजिक सञ्जालमा अपलोड गरेको प्रहरीको भनाइ छ।
भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान गर्दै मंसिर ९ गते श्रीमान्लाई समेत पक्राउ गरेको जनाएको छ। उनीमाथि विद्युतीय अपराध तथा बालविवाहसम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको छ।
१४ वर्षको कलिलो उमेरमै यति ठूलो पीडा भोग्न बाध्य बालिकालाई न्याय, सुरक्षा र उचित संरक्षण प्रदान गरिनुपर्छ। घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनअनुसार कडा कारबाही हुनुपर्छ।



