लोकतान्त्रिक थामी सङ्घ नेपालको प्रथम राष्ट्रिय अधिवेशन तयारी तीव्र, च्यासलमा दोलखाली एमाले नेता–कार्यकर्ताको भेला सम्पन्न।।
2026-11-21बंगलादेशमा आन्दोलन चर्कियो हिंसा र आगजनीका घटनाले जनजीवन प्रभावित
2026-11-20
लोकतान्त्रिक थामी सङ्घ नेपालको प्रथम राष्ट्रिय अधिवेशन तयारी तीव्र, च्यासलमा दोलखाली एमाले नेता–कार्यकर्ताको भेला सम्पन्न।।
लोकतान्त्रिक थामी सङ्घ नेपालको प्रथम राष्ट्रिय अधिवेशन तयारी तीव्र, च्यासलमा दोलखाली एमाले नेता–कार्यकर्ताको भेला सम्पन्न
दोलखा संवाददाता | २०८३ मङ्सिर ६ गते, शनिबार
काठमाडौँ । लोकतान्त्रिक थामी सङ्घ नेपालको प्रथम राष्ट्रिय अधिवेशन मङ्सिर १९ गते दोलखाको चरिकोटमा आयोजना हुने भएपछि अधिवेशनको तयारी तीव्र पारिएको छ।
अधिवेशनलाई भव्य, सभ्य र ऐतिहासिक रूपमा सफल बनाउने उद्देश्यले आज नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासलमा दोलखा जिल्लाका पार्टीका शीर्ष नेता, अगुवा तथा नेता–कार्यकर्ताहरूको भेला उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य डबल पाण्डेको सहजीकरणमा सम्पन्न भेलाको संयोजन पार्टीका दोलखा जिल्ला इन्चार्ज तथा पूर्व सूचना तथा , सञ्चारमन्त्री पार्वत गुरुङले गर्नुभएको थियो। भेलामा बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भरत केसी अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
त्यसैगरी, भेलामा लोकतान्त्रिक थामी सङ्घ नेपालका केन्द्रीय अध्यक्ष लालबहादुर थामीसहित दोलखा जिल्लाका विभिन्न तह र तप्काका पार्टीका शीर्ष नेता, अगुवा तथा नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
भेलामा सहभागी नेताहरू तथा कार्यकर्ताहरूले मङ्सिर १९ गते चरिकोटमा हुने लोकतान्त्रिक थामी सङ्घ नेपालको प्रथम राष्ट्रिय अधिवेशनलाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
केपी शर्मा ओली प्रमुख अतिथि रहने
लोकतान्त्रिक थामी सङ्घ नेपालको प्रथम राष्ट्रिय अधिवेशन मङ्सिर १९ गते दोलखाको चरिकोटमा आयोजना हुनेछ। उक्त अधिवेशनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुने कार्यक्रम रहेको छ।
एमालेका शीर्ष नेतृत्वको प्रमुख आतिथ्यमा सम्पन्न हुने उक्त अधिवेशनलाई थामी समुदायको राजनीतिक प्रतिनिधित्व, अधिकार, पहिचान र समावेशी सहभागिताका सवाललाई थप सशक्त रूपमा उठान गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
लोकतान्त्रिक थामी सङ्घ नेपालका केन्द्रीय अध्यक्ष लालबहादुर थामीको नेतृत्वमा हुन लागेको यस प्रथम राष्ट्रिय अधिवेशनले थामी समुदायको राजनीतिक, सामाजिक तथा सांस्कृतिक अधिकारका विषयलाई संस्थागत रूपमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
अधिवेशनलाई भव्य, सभ्य र ऐतिहासिक रूपमा सफल बनाउन जिल्लादेखि केन्द्रसम्म तयारीलाई तीव्रता दिइएको आयोजक पक्षले जनाएको छ।
थाङ्मीचागु डटकम




