दोलखामा ससुरामाथि धारिलो हतियार प्रहार गर्ने ज्वाइँ पक्राउ

0Shares

थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–६, किर्नेटारमा आफ्नै ससुरामाथि धारिलो हतियार प्रहार गरी फरार भएका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार स्थानीय सोमप्रसाद फुँयालमाथि धारिलो हतियार प्रहार गरी फरार रहेका उनका ज्वाइँ दिनेश खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

घटनालगत्तै घाइते फुँयाललाई परिवारका सदस्य तथा स्थानीयवासीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएका थिए। उपचारपछि उनी अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

ससुरामाथि धारिलो हतियार प्रहार गर्नुको कारण भने हालसम्म खुल्न सकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

थाङमिचागु डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *