विराटनगरमा गाँजा बोकेको स्कार्पियो दुर्घटनाग्रस्त, ३९८ किलो गाँजा बरामद

0Shares

थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

विनोद अविरल, असोज ११, विराटनगर ।
विराटनगरस्थित नेपाल आयल निगमको कार्यालय अगाडि अवैध गाँजा बोकेको स्कार्पियो गाडी दुर्घटनामा परेको छ।
असोज ११ गते भएको दुर्घटनापछि घटनास्थलमा खटिएको मोरङ प्रहरीको टोलीले दुर्घटनाग्रस्त स्कार्पियोलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार स्कार्पियोबाट ३९८ किलोग्राम अवैध गाँजा बरामद भएको छ। दुर्घटनापछि चालक तथा घटनामा संलग्न अन्य व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *