विराटनगरमा गाँजा बोकेको स्कार्पियो दुर्घटनाग्रस्त, ३९८ किलो गाँजा बरामद
2026-09-28देशभर बाढी–पहिरोको कहर : १२ जनाको मृत्यु, ७ जना बेपत्ता, नवलपरासीमा १,१०० भन्दा बढीको उद्धार
2026-09-28
कुलेखानी ड्यामको पानीको सतह १५२६.६२ मिटर, ७–८ बजे साइरन बज्न सक्ने
थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

मकवानपुर, असोज ११ । कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर ड्याममा पानीको सतह उच्च विन्दु नजिक पुगेको छ। आज दिउँसो ४ बजेको तथ्याङ्कअनुसार ड्यामको पानीको सतह १५२६.६२ मिटर पुगेको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार पानीको सतह १५२७ मिटर पुगेपछि सर्वसाधारणलाई सचेत गराउन साइरन बजाउने तयारी गरिएको छ। आज बेलुकी ७ देखि ८ बजेको समयमा साइरन बज्न सक्ने सम्भावना रहेको जनाइएको छ।
साइरन बजे पनि ड्यामको पूर्ण क्षमताको जलसतह १५३० मिटर रहेकाले अझै करिब ३ मिटर स्थान बाँकी रहने प्राधिकरणले जनाएको छ। त्यसैले आत्तिनु नपर्ने तर आवश्यक सतर्कता अपनाउन स्थानीय प्रशासन तथा प्राधिकरणले आग्रह गरेका छन्।
दामन, पालुङ, बज्रबराही, चित्लाङ र मार्खु क्षेत्रमा वर्षा रोकिएपछि पानीको सतह बढ्ने दर पनि घटेको छ। यसअघि प्रतिघण्टा करिब १० सेन्टिमिटरले बढिरहेको जलसतह अहिले प्रतिघण्टा करिब ६ सेन्टिमिटरको दरमा बढिरहेको जनाइएको छ।
पानीको सतह १५२७ देखि १५२८ मिटरसम्म पुगेमा मौसम र ड्यामको अवस्थाको मूल्याङ्कन गरी करिब ८ देखि १० सेन्टिमिटर पानी ढोका खोलेर छाड्ने तयारी रहेको बताइएको छ। उक्त परिमाणमा पानी छाड्दा तल्लो क्षेत्रमा खोलाको जलसतह करिब १ मिटर मात्र बढ्ने अनुमान गरिएको छ।




