सुस्ताको बाँध पुनर्निर्माणमा विद्यार्थी नेता मैदानमा दीपक धामीसहितको टोलीले गर्यो श्रमदान
2026-08-08मनहरामा सुकुम्वासीको प्रदर्शन माग पूरा नभए भदौ १२ देखि सत्याग्रह
2026-08-08
मनहरामा सुकुम्वासीको प्रदर्शन माग पूरा नभए भदौ १२ देखि सत्याग्रह
थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

मकवानपुरको मनहरामा सुकुम्वासी मोर्चाले कोणसभा आयोजना गर्दै भूमिहीन तथा सुकुम्वासीका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ।
कोणसभामा सहभागीहरूले वर्षौंदेखि बसोबास गर्दै आएका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई कानुनी रूपमा जग्गाको स्वामित्व उपलब्ध गराउनुपर्ने माग राखेका छन्।
मोर्चाले आफूहरूका मागप्रति सरकार गम्भीर नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ। माग सम्बोधन नभए भदौ १२ गतेदेखि अनिश्चितकालीन सत्याग्रह सुरु गर्ने मोर्चाले जनाएको छ।
वक्ताहरूले भूमिहीन तथा सुकुम्वासीको समस्या लामो समयदेखि समाधान हुन नसक्दा आफूहरू अन्योलमा बस्न बाध्य भएको बताएका छन्। सरकारले पटक–पटक समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा प्रभावकारी काम हुन नसकेको उनीहरूको गुनासो छ।
मोर्चाले भूमिहीन तथा सुकुम्वासीको समस्या समाधानका लागि स्पष्ट नीति, निष्पक्ष प्रक्रिया र तत्काल कार्यान्वयनको माग गरेको छ। साथै, आन्दोलनलाई शान्तिपूर्ण रूपमा अघि बढाउने जनाउँदै माग पूरा नभएसम्म संघर्ष जारी राख्ने चेतावनी दिएको छ।




