बेसीशहरको जंगलबाट बेवारिसे १२ बोरको एकनाले बन्दुक बरामद ।।।

0Shares

थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

लमजुङको बेसीशहर नगरपालिका–६ मकैडाँडा स्थित जंगलबाट बेवारिसे अवस्थामा एक थान १२ बोरको एकनाले बन्दुक बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बिहीबार साँझ करिब ५ बजे प्रहरी सहायक निरीक्षक (प्रसनि) दीपेन्द्र डाँगीको कमाण्डमा खटिएको तीन सदस्यीय प्रहरी टोली नियमित गस्तीमा रहेका बेला जंगलमा बेवारिसे अवस्थामा उक्त बन्दुक फेला परेको हो।

प्रहरीले बन्दुक नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लमजुङमा ल्याएर सुरक्षित राखिएको जनाएको छ।

उक्त बन्दुक कसको हो, कसरी जंगलमा पुग्यो तथा यससँग कुनै आपराधिक गतिविधिको सम्बन्ध छ वा छैन भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीले घटनासम्बन्धी सूचना भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराई अनुसन्धानमा सहयोग गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *